थप ४४४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु पुष्टि ।
काठमाण्डौ:
पछिल्लो २४ घन्टामा देशभरका थप ४४४ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार १९९६ पिसिआर र २९५८ एन्टिजेन गरी कूल ४९५४ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ३०७ जना संक्रमणमुक्त भएका छन्। भने, सोही अवधिमा ३ जना संक्रमितको ज्यान गएको छ।
हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ४१९९ रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


