साढे दुई महिनापछि नेपालमा कोरोना संक्रमितको मृत्यु ।
काठमाण्डौ:
नेपालमा पछिल्लो साढे दुई महिनामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीका अनुसार ७३ दिन पछि आइतबार साउन १ गते नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो।
‘गत वैशाख २१ गते एक जनाको मृत्यु भएको थियो,’ अधिकारीले भने, ‘त्यसभन्दा अघि चैत ८ गते एक जनाको मृत्यु भएको थियो।’अधिकारीले धेरै अन्तरालपछि कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए। अधिकारीका अनुसार फागुनको पहिलो र दोस्रो साता कोरोना संक्रमित बिरामीको मृत्यु हुने दर उच्च रहे पनि पछिल्लो समय घटेको थियो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३ हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। ५९ जना संक्रमित निको समेत भएका छन्। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


