स्याङ्गजाका ८ सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि ।
पोखरा:
पछिल्लो २४ घण्टामा स्याङ्गजाका ८ सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी कोभिड -१९ सम्बन्धी अपडेट अनुसार कास्की जिल्लाका ३०, स्याङ्गजा जिल्लाका ८ जना र पूर्वी नवलपरासीका दुई २ गरी जम्मा ४० जनामा कोरोना पुष्टि भएको हो।
आज पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको सँख्या १ लाख २ हजार १६३ पुगेको छ। यस्तै, सक्रिय संक्रमितको सँख्या ९६ पुगेको छ।
हाल ९२ जना संक्रमित होम आइसोलेसनमा छन् भने, अन्य ४ जना स्वास्थ्य सँस्थामा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


