थप १ सय २१ जनामा कोरोना सङ्क्रमण, निको हुने जम्मा ३१ जना ।
काठमाण्डौ:
देशभर पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४५ जनाको नमूना परीक्षण गरिएको थियो।
१ हजार ७ सय जनाको पीसीआर र १ हजार ३ सय ४५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आइतबार थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन्।
हाल देशभर ६ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


