गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’, साढे ११ प्रतिशत ब्याज

काठमाडौँ : गरिमा विकास बैंकले निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यले “स्वर्णिम निक्षेप योजना” सार्वजनिक गरेको छ ।

न्यूनतम रु. १,००० मौज्दातमा सुरु गर्न सकिने “स्वर्णिम निक्षेप योजना” एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता हो । यस निक्षेप योजना अन्तर्गत ५ वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्धती बराबरको व्याजदरको फाइदा लिन सकिने बैंकले जनाएको छ।

यस निक्षेप योजना अन्र्तगत योजना अवधि भित्र आफ्नो अनुकुलता अनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्धती बराबरको ब्याजदर पाइनेछ ।

यस बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको हो । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकवर्गका लागि समेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP