थप १ हजार ७ सय १४ जनामा कोरोना, ९ जनाको ज्यान गयो ।

काठमाण्डौ:
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ५१३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ११०३ पिसिआर परीक्षणबाट र ६११ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा ४७७१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर ५२ हजार ७८० जना कोरोनाका सक्रिय संक्रमित छन्।

 

Facebook Comments Box
TOP