बृद्धाबृद्धाहरुलाई सरसफाई तथा औषधी वितरण

वालिङ :
लायन्स क्लब र लियो क्लब अफ वालिङ सिटिको आयोजना तथा व्यर्टि पार्लर एशोसियसन स्याङ्जाको सहयोगमा बृद्धाश्रममा सरसफाई तथा औषधी वितरण कार्यक्रम गरिएको छ । गल्याङको शिवपार्वती बृद्धाश्रममा रहनुभएका १६ जना बृद्धबृद्धाहरुलाई सरसफाई तथा औषधी, मास्क लगायतका सामाग्रीहरु वितरण गरिएको लायन्स क्लबकी अध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो । कार्यक्रममा लायन्स क्लबका पुर्व अध्यक्ष सिताराम अधिकारीले क्लबले सामाजिक भावका साथ विभिन्न रचनात्मक कार्यहरु गर्दै आईरहेको बताउनुभयो । साथै उहाँले जेष्ठ नागरिक समाजका गहना भएको भन्दै उहाँहरुको मार्गनिर्देशनले समाजलाई सकरात्मक रुपमा अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा व्युटि पार्लर एशोसियसन स्याङ्जा र लायन्स तथा लियो क्लबले बृद्धबद्धाहरुलाई सरसफाई गरिदिएका थिए भने दैनिक जिवनमा आवश्यक सरसफाईका सामाग्रीहरु साबुन, तेल, मास्कलगायतका सामाग्री र औषधीहरु समेत वितरण गरिएको थियो । कार्यक्रममा व्युटि पार्लर एशोसियसनका जिल्ला अध्यक्ष पुष्पा रानाभाट, निर्वतमान अध्यक्ष लिसु अधिकारी, लायन्सका सहकोषाध्यक्ष दिपक रेग्मी, सदस्य शिवप्रसाद पराजुलीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम लायन्सका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन लियोका पुर्व अध्यक्ष दिक्षान्तप्रताप खांणले गर्नुभएको थियो । कार्यक्रममा लायन्सका सदस्य ल्या. यामबहादुर गुरुङको जन्मोत्सवमा आश्रममा रहनुभएका बृद्धबृद्धाहरुका लागी भोजन समेत खुवाईएको छ । क्लबले आफ्ना पदाधिकारी तथा सदस्यहरुको जन्मदिनका अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ।

Facebook Comments Box
TOP