स्याङ्जाका १२ सहित गण्डकी प्रदेशका २६८ स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित ।
पोखरा:
कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।
गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी सङ्क्रमित छन्। स्याङ्जाका १२ सहित, तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, बाग्लुङ ११, पर्वत १०, म्याग्दी ९, गोरखा ६ र मुस्ताङमा ३ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी सङ्क्रमित भएका छैनन् । निर्देशनालयले सङ्क्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ ।
समाचार
थप सामाग्रीस्याङ्जा आइसिसी भलिबल कपको उपाधि बिरुवालाई
३ हप्ता अगाडि
वालिङ : स्याङ्जा आइसिसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ । सोमबार वालिङमा भएको फाइनल खेलमा पुतलीबजार…