स्याङ्गजाका ६३ सहित गण्डकीका थप ५१६ जनामा कोरोना पुष्टि ।

पोखरा:
स्याङ्गजाका ६३ सहित गण्डकीका थप ५१६ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९७८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत स्याङ्गजाका ६३ जना सहित कास्कीका २०७ जना, तनहुँका ४४ जना, गोरखाका २० जना, लमजुङका ५२ जना र नवलपुरका ४५ जना, पर्वतका तीन जना, बाग्लुङका ५५ जना, म्याग्दीका २६ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९७ हजार ९१७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ६२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८९ हजार २२४ पुगेको छ। भने, अहिले प्रदेशभर ७ हजार २५७ सक्रिय संक्रमित छन् । शुक्रबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा नवलपुर जिल्ला कावासोती नगरपालिका २ निवासी ४६ वर्षिय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३६ पुगेको निर्देशनालयले जनाएको छ ।

 

Facebook Comments Box
TOP