स्याङ्गजाका ४८ सहित गण्डकीका थप ६९७ जनामा कोरोना पुष्टि ।

पोखरा:
पछिल्लो २४ घण्टामा गण्डकीका थप ६९७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत स्याङ्गजाका ४८ सहित कास्कीका ४५१ जना, तनहुँका १५ जना, गोरखाका चार जना, लमजुङका १४ जना र नवलपुरका ६१ जना,, पर्वतका २३ जना, बाग्लुङका ५९ जना, म्याग्दीका २० जना, मुस्ताङका एक जना अर मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९४ हजार १० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १६५ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ६१५ पुगेको छ। भने, अहिले प्रदेशभर ४९६२ सक्रिय संक्रमित छन् ।
गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३३ रहेको निर्देशनालयले जनाएको छ

Facebook Comments Box
TOP