थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण ।
काठमाण्डौ
नेपालमा थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनामा गरिएको परीक्षणमा १० हजार ७ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये काठमाडौंमा ४ हजार २ सय ७९, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा ४ सय ५३ गरी काठमाडौं उपत्यकामा ५ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ सय ६६ जना संक्रमणमुक्त हुँदा ३ लाख ७ हजार ४ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाकै कारण शुक्रबार ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँग अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको छ ।
देशभर ६५ हजार ३ सय ७४ कोरोनाको सक्रिय संक्रमित छन् । जसमध्ये ३५ जनाको भेन्टिलेटरमा र १ सय ९४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


