थपिए १० हजार २५४ संक्रमित, १६ को मृत्यु ।
काठमाण्डौ:
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ८ हजार २१२ र एन्टिजेन परीक्षणबाट २०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २० हजार १८७ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ७२ हजार ८ सय ७६२ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ छ।
यस्तै ७०८ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख २० हजार २ सय ८३ पुगेको छ। यस्तै कोरोनाबाट निको हुनेको दर ९०.७ प्रतिशत छ। काठमाडौं उपत्यकामा ५३०६ संक्रमित थपिएका छन्।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


