तमु ल्होछारका अवसरमा गण्डकी प्रदेशमा पुस १५ गते सार्वजनिक बिदा ।
पोखरा:
तमु ल्होछारका अवसरमा गण्डकी प्रदेश सरकारले भोलि पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले बिदा बारे जानकारी दिएको हो ।
गृह मन्त्रालयले पनि बिहीबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । पुस १५ गते बिहीबार तमु ल्होसार पर्व हो । सोही पर्वको उपलक्ष्यमा बिदा दिन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको मन्त्रालय स्रोतले बताएको छ ।
यसअघि पुस ४ गतेको योमरी पुन्हेँका दिन सरकारले राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो । गत १० गते क्रिसमस पर्वको दिन पनि सरकारले सार्वजनिक बिदाको घोषणा गरेको थियो । जबकी त्यो दिन शनिबार परेकाले मुलुकभर सार्वजनिक बिदा नै थियो ।
आगामी सोमबार पनि अर्को ल्होसार पर्व परेको छ । उक्त दिन तोल ल्होसार हो । गत वर्ष फागुनमा सरकारले नयाँ वर्ष २०७८ को बिदा सूची घोषणा गर्दा अधिकांश पर्वमा सम्बन्धित धर्मावलम्वी तथा समुदायलाई बिदा दिने निर्णय गरेको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


