थप १८४ जनामा कोरोना संक्रमण, दुईको मृत्यु ।

काठमाण्डौ
पछिल्लो २४ घन्टामा देशभरका १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घन्टामा ७ हजार २३० पिसिआर र ३ हजार ७८८ एन्टिजेन गरी कूल ११ हजार १८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २६७ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा दुई जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
TOP