थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु ।

काठमाडौं
पछिल्लो २४ घन्टामा देशभरका २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २९२ पिसिआर र २ हजार ७८२ एन्टिजेन गरी कूल १२ हजार ७४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका ३०० जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा ६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।पछिल्लो २४ घण्टामा १३ हजार ७०९ जनाको कोरोना परिक्षण गरेका थिए भने २ लाख ३६ हजार ४८२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…