गण्डकीमा कोरोनाले थप दुई जनाको मृत्यु, २९ जनामा संक्रमण ।

पोखरा:

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा ३२१ जनामा गरिएको नमुना परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका नौ जना, लमजुङका एक जना, नवलपुरका एक जना, बागलुङका आठ जना, पर्वतका दुई जना र म्याग्दी जिल्लाका आठ जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ९३६ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट १२ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ३४१ पुगेको छ। अहिले प्रदेशभर १७६ सक्रिय संक्रमित छन् ।

गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृतक कास्की जिल्ला पोखरा महानगरपालिका-२५ निवासी ६३ वर्षीय पुरुष र बागलुङ जिल्ला बागलुङ नगरपालिका-७ निवासी ३८ वर्षीय पुरुष छन्। आज थप भएका मृतकसँगै गण्डकीमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४१९ पुगेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
TOP