स्याङ्जामा मनाइयो प्रहरी दिवस

भवानी अधिकारी/स्याङ्जा:
स्याङ्जा प्रहरीले ६६ औं प्रहरी दिवस मनाएको छ। नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गद आजका दिन प्रहरी दिवस मनाइने गरिन्छ।
दिवसमा प्रहरी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गरे।
सोही अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले स्याङ्जा प्रहरीले पुरयाएको सेवाप्रति आफु सन्तुष्ट रहेको जनाए।
कार्यक्रममा पूर्व प्रहरी नायब उपरीक्षक श्यामकृण्ण श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, अधिवक्ता तुलसी गिरी लगायतले जिल्लाको शान्ति सुब्यवस्था र कोरोना नियन्त्रणमा प्रहरीका सकारात्मक कार्यको चर्चा गरेका थिए।
दिवसका अवसरमा कोरोना नियन्त्रणका बेला सहयोग पुरयाएको भन्दै जलाल मिया, समाजसेवी अधिबक्ता तुलसी गिरी, पत्रकार महासंघ स्याङ्जालाई प्रशंसापत्रले सम्मान गरिएको छ।
पुतलीबजार नगरपालिका ३ निवासी जलाल मियाले कोरोना संक्रमणको तिव्र प्रभाव रहेका बेला उनले ब्यक्तिगत १८ वटा अक्सिजन सिलीण्डर प्रहरीलाई सहयोग गरेका थिए।
सदरमुकाम स्थित जिसान ट्रेडर्सका सञ्चालक मियाले अक्सिजनका अभावमा संक्रमितका ज्यान गएको खवर सार्वजनिक भएसंगै प्रहरी मार्फत जिल्ला स्थित बिभिन्न आइसोलेसनमा पुरयाइएको थियो।
यसैगरी, पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा अस्थायी पोष्टको भवन निर्माणका लागि जग्गा प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अधिवक्ता तुलसी गिरीलाई सम्मान गरिएको हो।
प्रहरी संगठनभित्र रही उत्कृष्ठ काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक कुमार शर्मा र प्रहरी जवान भिमलाल अर्याललाई उत्कृष्ठ प्रहरी सम्मान गरिएको छ।
स्याङ्जा जिल्ला घर भई कामको शिलशिलामा बिभिन्न समयमा विरगती प्राप्त १६ जना प्रहरीका परिवारलाई पनि कदरपत्र प्रदान गरिएको थियो।
जिल्ला प्रहरी प्रमुख होबिन्द्र बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले स्वागत एवं प्रहरी निरीक्षक पदमराज थापाले संचालन गरेका थिए।
प्रहरी दिवसका अवसर पारेर ४ दिनअघि पुतलीबजार नगरपालिका वडा नं. ५ मा बृक्षरोपण गरिएको थियो। कार्यालयले सम्पादन गरेका कामकारवाहीका बारेमा बनाइएको डकुमेन्ट्री प्रर्दशन गरिएका थिए।
प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रहरी महानिरीक्षक शैलेश थापाद्धारा प्रेषित शुभकामना सन्देश वाचन गरेका थिए।

 

 

Facebook Comments Box
TOP