नेपाली टिमले बंगलादेशलाई २ -१ हरायो ।
काठमाण्डौ
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो ।
नेपालका लागि सबिता राना र प्रीति राईले गोल गरेका हुन् । बंगलादेशले एक गोल फर्काएको थियो ।
नेपाली महिला फुटबल टोली २०२२ को एएफसी महिला एसियन कप छनोटको तयारीमा छ । छनोट प्रतियोगितामा सहभागी हुनुअघि नेपालले तयारीस्वरूप बंगलादेशसँग दुईवटा खेल खेल्नेछ । अब दोस्रो खेल आइतबार दशरथ रंगशालामै हुनेछ । नेपालले एसियन कप छनोट उज्वेकिस्तानमा खेल्नेछ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
६ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् । लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान…


