एमाले फुटको डिलमा पुग्यो– माधव नेपाल
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटको डिलमा पुगेको बताउनुभएको छ ।
आफू पक्षीय ६ वटा जनवर्गीय संगठनले मंगलबार आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी फुटको डिलमा पुगेको बताउनुभएको हो ।
एमालेलाई विभाजनको दिशामा लैजाने काम केपी ओलीले गरिरहेको भन्दै नेता नेपालले ओली अहंकारको घोडामा सवार भएको टिप्पणी गर्नुभयो ।
पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुको विकल्प नभएको उहाँको भनाइ थियो । नेता नेपालले नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै गल्ती स्वीकार गरेर आए अहिले नै एकता हुने नभए चुनावमा तालमेल गरेर जान सकिने बताउनुभयो ।
ओलीले पार्टी कमिटीमा बहुमत नभएपछि कमिटीलाई नै सिधै बेवास्ता गरेको नेपालको आरोप छ । नेता नेपालले सिंगो पार्टीभित्र असन्तुष्टि हुँदा हुँदै पनि एमाले केपीको प्राइभेट लिमिटेड जस्तै बनेकाले आफूहरूले संघर्ष गरेको उहाँको जिकिर थियो ।
समाचार
थप सामाग्री
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
६ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् । लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान…


