तेस्रो लहर छिट्टै सुरू हुन सक्ने भन्दै सजग रहन अपिल ।

काठमाण्डौ:
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार भिडिओ सन्देशमार्फत् कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेको भन्दै सजग रहन आग्रह गरेका छन्।
सन्देशमार्फत् उनले भनेका छन्, ‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं। कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारी नियन्त्रण गर्न सम्भव छैन। हामी सबै मिलेरमात्र यो महामारीलाई पार लगाउन सक्छौं। त्यसैले म तपाईंहरूसँग आग्रह गर्दछु। अत्यन्त आवश्यक परेकोबेला मात्र बाहिर निस्कनू।’
‘बाहिर निस्कनुअघि नाक र मुख छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं। स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड पालना गरी काममा मात्र बाहिर निस्कै । महामारी नियन्त्रण गर्ने सबभन्दा आशा भनेकै खोप हो भन्दै खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न उनले अपिल गरेका छन्।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…