टिभी खोल्दा करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु ।
पोखरा:
लमजुङमा टिभी खोल्ने क्रममा करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्लाको राइनास नगरपालिका वडा नं -७ सालफेदीस्थित राकेश पाण्डेकी ८ वर्षीया छोरी शृष्टि पाण्डेको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालिकाले टिभी अन गर्ने क्रममा सेन्ट्रल बक्समा छुन जाँदा करेन्ट लागेको हो । बक्समा तार सर्ट भएर करेन्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
बालिकालाई उपचारका लागि तत्काल वडा कार्यालय स्थित सहोदर सामुदायिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


