पछिल्लो २४ घन्टामा २३७० जनामा कोरोना, १८ जनाको मृत्यु ।
काठमाण्डौ:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११३३ जना संक्रमणमुक्त भएका छन्। जम्मा ११ हजार ५ सय ८४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार मुलुकभरमा ७६८९ जनाको पिसिआर परीक्षणबाट १६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घन्टामा मृत्यु भएका सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४०० पुगेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


