थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु ।
काठमाण्डौ:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४ जनाको ज्यान गएको छ ।
७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी थप ३ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ रहेका छन् । गत २४ घण्टामा मृत्यु भएकासँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेको छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


