आज पनि धेरै ठाउँमा झरी पर्ने,गण्डकी प्रदेशमा ठूलो पानी पानी पर्ने सम्भावना
काठमाण्डाै : लगातारजसो परेको पानीका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज पनि गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पानी पर्ने सम्भावना छ । गएको २४ घण्टामा म्याग्दीमा ८० मिलीमिटर पानी परेको छ ।
बङ्गालको खाडीमा विकसित भएको चक्रवातको असरका कारण अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको हो । भोलि बेलुकादेखि भने पानी पर्न केही कम हुने अनुमान गरिएको छ । पर्सि आइतवार र सोमवार पानी पानी नपर्ने तर त्यसपछि भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतवार र सोमवार मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । त्यसपछि भने नेपालमा न्यूनचापीय रेखाको प्रभावका कारण पानी पर्न सक्ने उहाँले बताउनुभयो । मनसुन नजिकिँदै गरेकाले प्रि-मनसुनका गतिविधि थप सक्रिय हुँदै जाने मौसमविद्ले बताएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


