बिपद्का सारथी बन्दै वडा अध्यक्ष अधिकारी
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
भीरकोट नगरपालिका ७ का ५२ बर्षिय पुरुष कोरोना संक्रमित भए । संक्रमित भएपछि उनलाई होम आइसोलेसनमा राखेर उपचारको प्रवन्ध मिलाइएको थियो । एक्कासी उनमा स्वासप्रस्वासको समस्या देखिएपछि अस्पताल लैजान उनका परिवारले एम्वुलेन्सलाई खबर गरे । नगर भित्र रहेका दुई ओटै एम्वुलेन्स पोखरा गएकाले अस्पताल लैजान सवारी साधन पाएनन् । गाँउमा भएका सवारी साधनले कोभिड देखिएको भन्दै उनलाई अस्पताल लैजान नमानेपछि परिवार झनै पिडावोधमा परे । एम्वुलेन्सको अभावमा बुवालाई बचाउन नसकिने पिडामा रहेका उनीहरुले आफ्नै वडा अध्यक्षलाई फोन गरेर सवारी साधन मिलाई दिन आग्रह गरे । उनले पनि कतैबाट सवारी साधनको जोहो मिलान नसकेपछि आफ्नै समकक्षी वडा अध्यक्षलाई फोन गरेर सहयोग गरिदिन आग्रह गरे । उनी थिए भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) । तत्कालिन अवस्थामा स्याङ्जामा अकिसजन सहितको आइसोलेसन कक्ष थिएन । अधिकारीले उनलाई आफ्नो गाडीमा राखेर पोखरा मनिपाल हस्पिटलमा पु¥याए । उनको उपचार भयो अहिले उनी कोरोना जितेर घर फर्के ।
वडा अध्यक्ष अधिकारीले बुवाको ज्यान बचाइदिएको भन्दै परिवार खुशी छन् । अधिकारी पनि यो महा विपद्मा सहयोग गर्न पाएर नागरिकको ज्यान बचाउनबाट जोगिएको प्रति पनि खुशी छन् । जिल्लाका कोरोना संक्रमणको भयावह नहुदै उनले गरेको यो सफलताबाट उनमा यो विपत्तीमा जनताको सेवा गर्नुपर्छ भन्ने भाव जागेपछि अहिले उनी भीरकोट र वालिङ नगरपालिकाका विपत्तीमा परेका जनताको सारथी बनेका छन् । अर्का ६५ बर्षिय पुरुषको पनि उस्तै समस्या आयो । उनलाई पनि अधिकारीले आफ्नै सवारी साधनमा अस्पताल पु¥याए उनको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । यी दुई पात्र मात्रै होइनन् भीरकोट नगरपालिका भित्रका नागरिकका विपद्का सारथीका रुपमा अधिकारी अहिले कहलिएका छन् । सामाजिक सञ्जालमा अहिले उनको बखान गरेको देख्न पाइन्छ ।
भीरकोट नगरपालिकामा कोरोना संक्रमण बढ्न थालेपछि अधिकारीले सबै भन्दा पहिला आफ्नो वडामा संक्रमण न्युनिकरण गर्ने अभियान देखि समस्यामा परेका नागरिकको उद्धारका लागि टोल समिति नै खटाउने गरी निर्माण गरेका थिए । जसले भीरकोट ५ मा जे समस्या आइलाग्छ छलफलबाट समाधान खोजीने र तुरुनै निराकरण गर्ने गरिएको अधिकारीले बताए ।
नगरभित्र अधिकारीले भीरकोट जेसिज सगँ समन्वय गरी विपद्का लागि दर्जनौ युवा तयार गरेका छन् । युवाको नामै कोरोना संक्रमण फाइटर नामाकरणले चिनिएका छन् । बिरामीलाई अस्पताल लैजाने देखि होम आइसोलेसनमा बसेर उपचार गरिरहेका संक्रमितको रेखदेख र औषधी पु¥याउने सेवामा २४ सै घण्टा अधिकारी लगायतको टोली अहिले पनि तल्लीन रहेका छन् । संक्रमणबाट निधन भएका व्याक्तिको दाहसंस्कारमा समस्या आएमा पनि यो टोलीले व्यवस्थापन गर्नेगरी तयारी अवस्थामा रहेको अधिकारीले बताए । एम्वुलेन्स समयमै नपाएर ज्यान गएका खबरहरु बाट प्राडित बनेका बेला वडा अध्यक्ष अधिकारी आफ्नो वडामा कुनै नागरिकले सवारी साधन नपाएर ज्यान गुमाउन नपरोस भन्ने भुमिका खेलेका छन् । ९७ वडा रहेको जिल्लामा आफ्नो साम, दाम र श्रम खर्च गरेर जनताका लागि खटेका वडा अध्यक्ष पहिलो कहलिएका छन् । यो माहासंकटका बेला अक्सिजन नपाएर र सवारी साधनको जोहो गर्न नसकेर ज्यान जाने खतराबाट उनले जोगाएको सामाजिक अगुवा तोयनाथ अर्यालले बताए । उनले भने, जनप्रतिनिधि यस्तो हुनुपर्छ विपद्मा नागरिकको सहयोगी । जनप्रतिनिधिले संकटका बेला सामाजिक दायीत्वको भुमिका निर्वाह गर्नु पर्छ यो स्वास्थ्य क्षेत्रको महासंकटमा उनले भुमिका खेले अर्यालले भने ।
अहिले सम्म ५६ जना कोभिडका बिरामीको उनले उद्धार गरेका छन् । आफ्नो वडामा अहिले सम्म २६ जनामा संक्रमण देखिएको र सबैको होम आइसोलेसनमा राखेर उपचार गरिरहेको अधिकारीले बताए । अधिकारीले बेला बेलामा एन्टिजिन मार्फत आफ्नो स्वास्थ्य अवस्था चेक गरेको बताएका छन् । अहिले सम्म उनको कोरोना नेगेटिभको नतिजा आइरहेको भीरकोट स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु अर्यालले बताए । स्याङ्जामा अन्य वडा अध्यक्षले विपद्मा काम गरेको भएपनि अधिकारीको जस्तो खटनपटन भने उत्कृष्ट देखिएको छ । वडा अध्यक्ष अधिकारीले जस्तै देशभरका जनप्रतिनिधिले काम गर्ने हो भने जनताले जनप्रतिनिधिको अनुभुति पाउने थिए ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…