कोरोना भाइरसको जोखिम बढ्यो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस पुष्टि
पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८१ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको चार हजार २८९ पीसिआर परीक्षणबाट ५८० र ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र २५४ जना रहेका छन् । तमिध्ये काठमाडौँका १७३, ललितपुरका ६१ र भक्तपुरका २० जन रहेका छन् । उपचार गराएर घर फर्किनेको सङ्ख्या हालसम्म दुई लाख ७४ हजार ४४७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १२९ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये ४५७ जना संस्थागत आइसोलेशनमा तथा तीन हजार ५९९ होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । तीन सङ्क्रमितको मृत्यु पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ ।
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


