वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको हो । विहीबार बिहान ८ः१६ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
‘श्वासप्रश्वासमा समस्या थियो, अक्सिजन लेभल मेन्टेन भइरहेको थिएन,’ उनले भने, ‘सकेको कोसिस गरेका हौं, तर स्वास्थ्यमा सुधार आउन सकेन, बचाउन सकिएन ।’
मोटोपन बढी रहेको उनमा ज्वरो आउनेे, पखाला चल्ने लगायतका लक्षण देखिएको थियो ।
स्वास्थ्य समस्या बढेपछि ०७६ चैत २९ गते बेलुका ८ बजेतिर उनलाई नारायणी अस्पतालामा भर्ना गरिएको थियो । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
अस्पतालमा उपचाररत ७ जना संक्रमितको अवस्था भने सुधारोन्मुख रहेको नारायणी अस्पतालले जनाएको छ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…