वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु
वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको हो । विहीबार बिहान ८ः१६ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
‘श्वासप्रश्वासमा समस्या थियो, अक्सिजन लेभल मेन्टेन भइरहेको थिएन,’ उनले भने, ‘सकेको कोसिस गरेका हौं, तर स्वास्थ्यमा सुधार आउन सकेन, बचाउन सकिएन ।’
मोटोपन बढी रहेको उनमा ज्वरो आउनेे, पखाला चल्ने लगायतका लक्षण देखिएको थियो ।
स्वास्थ्य समस्या बढेपछि ०७६ चैत २९ गते बेलुका ८ बजेतिर उनलाई नारायणी अस्पतालामा भर्ना गरिएको थियो । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
अस्पतालमा उपचाररत ७ जना संक्रमितको अवस्था भने सुधारोन्मुख रहेको नारायणी अस्पतालले जनाएको छ।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


