गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ६ सय ७१ पुग्याे ।
स्याङजा : आइतबार गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका १४० जनामा गरिएको परीक्षणमा थप २० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका पांच जिल्ला कास्की, तनहुँ, गोरखा, लमजुङ र म्याग्दीका छन् । जस अनुसार कास्कीको पोखरा महानगरमा ८, तनहुँमा ३, गोरखामा २, लमजुङमा ५ र म्याग्दी जिल्लाका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ६ सय ७१ पुगेको छ । जसमा ३४५ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ३८ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार एक सय २३ पुगेको छ भने, अहिलेसम्म २०३ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाईसकेका छन् ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


