राम्दी आश्रमका १७ जना वृद्धवृद्धाहरुलाई कम्बल वितरण
नारायण विश्वकर्मा : शिव पार्वती वृद्धआश्रम रामनदीधाम राम्दीमा रहेका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको छ । हेम एण्ड माया फाउण्डेसन अमेरिकाले पठाएको कम्बल आश्रममा रहेका १७ जना वृद्धवृद्धाहरुलाई वितरण गरिएको हो ।
हेम एण्ड माया फाउण्डेसन गण्डकी प्रदेश संयोजक मैना रेग्मीको नेतृत्वमा र पत्रकार नायाराण विश्वकर्मा, सामाजिक व्यक्तित्व दिपिका अर्याल, व्यावसायी उदयराज भण्डारी ‘अतित’ को उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो ।
हेम एण्ड माया फाउण्डेसन गण्डकी प्रदेश संयोजक मैना रेग्मीले फाण्डेसनले देशका विभिन्न स्थानमा रहेका असाहय र असक्तहरुको पक्षमा रचनात्मक काम गर्दै आएको बताउनुभयो ।
उहाँले फाउण्डेसनको यात्रा स्याङ्जामा नयाँ भएकाले आश्रमलाई सम्झने मात्र काम गरेको बताउनुभयो ।
रेग्मीले आगामी दिनमा फाण्डेसनको केन्द्रिय कार्यालयमा सल्लाह गरेर शिवपार्वती वृद्धआश्रम सहित गण्डकी प्रदेशका विभिन्न स्थानका अफ्यारामा परेकालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आश्रमका कार्यालय सचिव तथा व्यवस्थापक सुनिल श्रेष्ठले हेम एण्ड माया फाउण्डेसनले गरेको सहयोग प्रसंसनिय भएको बताउनुभयो ।
उहाँले देशका विभिन्न स्थानका पिडीतहरुलाई हेर्दाहेर्दै पनि राम्दीका आश्रमलाई सम्झेर सहयोग गरेकोमा सहयोगि हातहरुलाई धन्यवाद दिनुभयो ।
श्रेष्ठले एकदिन एकदाता कार्यक्रम र दाताहरुको यस्तै सहयोगका कारण आश्रमका वृद्धवृद्धाहरुको जीवन रक्षा भएको भन्दै सहयोगी हात बढाउन अन्य संघ संस्थाहरुलाई समेत सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
पत्रकार नारायण विश्वकर्माले हेमबहादुर थापाको ठुलो हृदयका कारण देशका हजारौँ पिडीतहरुको घाउ निको भएको बताउनुभयो ।
उहाँले हेम एण्ड माया फाउण्डेसनलाई गण्डकी प्रदेशमा सक्रिय बनाउन आफ्नो तर्फबाट जस्तैजुकै सहयोग गर्न पनि तैयार रहेको बताउनुभयो ।
आश्रममा अहिले आफन्त नभएका, परिवारले नहेरेका ६० बर्षदेखि माथिका वृद्धवृद्धाहरु बसोबास गर्दै आएका छन् ।
समाचार
थप सामाग्री-
मुक्तिनाथ फाउन्डेसनले वाषिकोत्सवको अवसरमा वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण
-
गल्याङमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न ।
-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
६ दिन अगाडि
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…