गण्डकीमा थप ८२ जनामा कोरोना पुष्टि, १४९ जना कोरोनामुक्त ।
स्याङ्जा : बिहीबार गण्डकीमा थप ८२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ३८८ जनामा गरिको परीक्षण मध्ये थप ८२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थपिएका संक्रमित प्रदेशका १० जिल्लाका छन् ।पोखरा महानगरका ४६ जना, तनहुँका ७ जना, गोरखाका २ जना, लमजुङका १० जना, नवलपुरका ७ जना, स्याङ्जाका ४ जना, पर्वतका १ जना, म्याग्दीका १ जना, मनाङका १ जना र मुस्ताङ जिल्लाका थप ३ जनामा कोरोना पुष्टि भएको छ ।
लामो समय संक्रमित रहीत रहेको मनाङमा बिहीबार पुनः एकजनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार ६ सय ६५ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ६४ रहेको छ ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट १४९ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ हजार ९ सय १४ पुगेको छ।
बिहीबार गण्डकीमा थप एकजनाको मृत्यु भएको छ । मृतक कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका -३ निवासी ६८ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८७ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


