गण्डकी प्रदेशमा बिहिबार १०३ संक्रमित थपिए, थप ४ को मृत्यु ।
स्याङ्जा :
गण्डकी प्रदेशमा बिहिबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । २ सय ९३ जनाको कोरोना परिक्षण गर्दा १ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।
बिहिबार थपिनेमध्ये ६१ जना कास्कीका छन् । लमजुङमा १८, बागलुङमा ७, गोरखामा ६ संक्रमित थपिँदा तनहुँमा ४, पर्वतमा ३, स्याङ्जामा २ र नवलपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३ हजार ७९ पुगेको छ । तीमध्ये ७ हजार ५ सय ६१ जना निको भएका छन् ।
यसैबीच गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक ४ जना मध्ये कास्कीका ३ र तनहुँका १ जना छन् ।
याे सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


