गण्डकी प्रदेशमा बिहिबार १०३ संक्रमित थपिए, थप ४ को मृत्यु ।

स्याङ्जा :
गण्डकी प्रदेशमा बिहिबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । २ सय ९३ जनाको कोरोना परिक्षण गर्दा १ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।
बिहिबार थपिनेमध्ये ६१ जना कास्कीका छन् । लमजुङमा १८, बागलुङमा ७, गोरखामा ६ संक्रमित थपिँदा तनहुँमा ४, पर्वतमा ३, स्याङ्जामा २ र नवलपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३ हजार ७९ पुगेको छ । तीमध्ये ७ हजार ५ सय ६१ जना निको भएका छन् ।
यसैबीच गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक ४ जना मध्ये कास्कीका ३ र तनहुँका १ जना छन् ।
याे सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…