मंगलबार स्याङ्जाका ५ सहित १०६ जनामा कोरोना, १ संक्रमितको मृत्यु ।
स्याङ्जा : गण्डकी प्रदेशमा मंगलबार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ सय ६५ स्वाब जाँच्दा ७ जिल्लामा संक्रमित भेटिएका हुन् ।
कोरोना पुष्टि हुनेमा कास्कीका ७३, नवलपुर र बागलुङका ९/९, तनहुँ र स्याङ्जाका ५/५, लमजुङका ४ र पर्वतका १ जना छन् ।
योसहित प्रदेशमा संक्रमितको संख्या १२ हजार ८ सय ८० पुगेको छ । संक्रमितमध्ये ७ हजार ५ सय ८ जना निको भएका छन् । मंगलबार ३० जना निको भए ।
प्रदेशमा ५२ सय सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । तीमध्ये ४ हजार १ सय १ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
मंगलबार १ संक्रमितको मृत्यु पुष्टि भयो । पोखराका ६४ वर्षे पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको हो । मधुमेहका दीर्घरोगी उनमा ११ मंसिरमा कोरोना पुष्टि भएको थियो ।
योसहित प्रदेशमा मृतक संख्या १ सय ७२ पुगेको छ । कास्कीका ९३, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ संक्रमितको मृत्यु भएको हो ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


