स्याङ्जाका २ सहित गण्डकीमा आज ८४ जनालाई कोरोना संक्रमण ।
स्याङ्जा : गण्डकी प्रदेशमा शुक्रबार थप ८४ जनामा कोरोनाा भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार ५ जिल्लाका ८४ जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका ७१ जना छन् । शुक्रबार जम्मा १ सय ५६ स्वाब परीक्षण भएको छ ।
त्यसबाहेक म्याग्दीका ९, स्याङ्जाका २, बागलुङ र तनहुँका १/१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ४ सय ७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
तीमध्ये ७ हजार २ सय ९१ जना निको भएका छन् । शुक्रबार १३ जना कोरोनामुक्त भएको निर्देशनालयले जनाएको छ ।
शुक्रबार थप १ संक्रमितको मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका ८ की ६६ वर्षे महिलाको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
ती महिलामा कोभिडसँगै, मधुमेह र उच्च रक्तचापको समस्या थियो । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६३ पुगेको छ ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


