स्याङ्जाका २ सहित गण्डकीमा आज ८४ जनालाई कोरोना संक्रमण ।

स्याङ्जा : गण्डकी प्रदेशमा शुक्रबार थप ८४ जनामा कोरोनाा भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार ५ जिल्लाका ८४ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका ७१ जना छन् । शुक्रबार जम्मा १ सय ५६ स्वाब परीक्षण भएको छ ।

त्यसबाहेक म्याग्दीका ९, स्याङ्जाका २, बागलुङ र तनहुँका १/१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ४ सय ७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।

तीमध्ये ७ हजार २ सय ९१ जना निको भएका छन् । शुक्रबार १३ जना कोरोनामुक्त भएको निर्देशनालयले जनाएको छ ।

शुक्रबार थप १ संक्रमितको मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका ८ की ६६ वर्षे महिलाको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

ती महिलामा कोभिडसँगै, मधुमेह र उच्च रक्तचापको समस्या थियो । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६३ पुगेको छ ।

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…

TOP