गण्डकी प्रदेशमा थप ८ जना काेराेना संक्रमितकाे मृत्यु ।
गण्डकी प्रदेशमा थप ८ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरका ४ जना, बागलुङका २ जना तथा तनहुँ र नवलपुरका १ -१ जना गरि गण्डकी प्रदेशमा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
पोखरा महानगर ५ की ५९ वर्षीया संक्रमित महिलाको सोमबार राति ११ :०० बजे, पोखरा १३ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ११ : ४५ बजे, पोखरा ६ का ७२ वर्षीय पुरुषको सोमबार बिहान ४ : १५ बजे र पोखरा ३ का ५२ वर्षीय पुरुषको सोमबार बिहान ११ : ४५ बजे पोखरामा उपचारको क्रममा मृत्यु भएको जानकारी स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार दिएको हो ।
त्यसै गरि निर्देशनालयले तनहुँ ६ ब्यासका ६६ वर्षीय पुरुषको सोमबार बिहान २ : १५ बजे, बागलुङ ३ का ६६ वर्षीय पुरुषको मंगलबार बिहान १० : २० बजे, बागलुङ ३ का ६१ वर्षीय पुरुषको सोमबार बेलुका ५:३० बजे, नवलपुर देवचुली ११ का ८० वर्षीय पुरुषको आइतबार बिहान ११: २६ बजे मृत्यु भएको जनाएको छ ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


