स्याङ्जाका १६ जना सहित गण्डकीमा आज थपिए १९७ संक्रमित ।
स्याङ्जा : गण्डकी प्रदेशमा आज १ सय ९७ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा १ सय ९७ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका १ सय ३० जना छन् । नवलपुरमा २९, स्याङ्जामा १६, तनहुँमा १४, गोरखामा ४, पर्वतमा ३ र लमजुङमा १ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ५५ पुगेको छ । तीमध्ये ४८ सय ६६ जना निको भएका छन् भने १ सय ११ जनाको ज्यान गएको छ ।
स्याङ्जामा थपिनेमा गल्याङ नगरपालिकाका ५ जना, पुतलीबजार नगरपालिकाका ४ जना, फेदीखोला गाउँपालिकाका २ जना, वालिङ नगरपालिकाका १ जना, भिरकोट नगरपालिकाका १ जना, चापाकोट नगरपालिकाका १ जना, कालीगण्डकी गाउँपालिकाका १ जना र आधिँखोला गाउँपालिकाका १ जना गरी १६ जना रहेका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


