गण्डकी प्रदेशमा थपिए १२४ संक्रमित, १४८ जना संक्रमणमुक्त
स्याङ्जा : गण्डकी प्रदेशभर मंगलबार १ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ जिल्लामा १ सय २४ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा कास्कीका ८२ जना छन् । गोरखामा १७, तनहुँमा ११, स्याङ्जामा ६, नवलपुरमा ५ र लमजुङमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशभर ३ हजार ७ सय २ जना होम आइसोलेसनमा बसेका छन् । अहिलेसम्म प्रदेशमा १ सय ४१ जनाको मृत्यु भएको छ ।
यसैबीच, गण्डकी प्रदेशभर मंगलबार १ सय ४८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । याे सहित संक्रमणमुक्त हुनेको संख्या ६ हजार ५ सय ४६ छ । ११ हजार ३ सय १४ जना कुल संक्रमितमध्ये ४ हजार ६ सय २७ जना सक्रिय संक्रमित छन् ।
स्याङ्जामा थपिने संक्रमित कहाँका ?
वालिङ् नगरपालिका -१० का ५४ वर्षीय महिला र ६१ वर्षीय पुरुष, ९ का ३३ वर्षीय पुरुष , फेदिखोला गाउँपालिकाका ५६ वर्षीय पुरुष तथा पुतलीबजार नगरपालिकाका ४० र ४८ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखा परेको हाे ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…