गण्डकीमा १३९ संक्रमित थपिए, आठको मृत्यु ।
पोखरा : गण्डकी प्रदेशमा पछिल्लो शुक्रबार १३९ जना कोरोना संक्रमित थपिएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नं ४ का ५१ वर्षीय पुरुष छन् ।
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
कास्कीको पोखरा महानगरपालिका, वडा नं ८ का ५४ वर्षीय, वडा नं ९ का ६८ वर्षीय, वडा नं १३ का ५५ वर्षीय, वडा नं १७ का २९ वर्षीय, वडा नं २१ का ७५ वर्षीय र वडा नं २७ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशमा कोराना संक्रमण भई मृत्यु हुनेको संख्या १३९ पुगेको छ । प्रदेशमा कूल संक्रमितको संख्या १० हजार ८२७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्मले जानकारी दिए । प्रदेशमा हालसम्म छ हजार ७४ निको भएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ६१४ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


