गण्डकीमा आज थपिए २०५ संक्रमित ।
स्याङ्जा : गण्डकी प्रदेशमा आइतबार २ सय ५ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ८ जिल्लाका २ सय ५ जनामा पोजेटिभ देखिएको हो ।
आइतबार कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका १ सय १० जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै नवलपुरमा ३६, लमजुङ र गोरखामा १४/१४, मुस्ताङमा १३, बागलुङमा ९, तनहुँमा ६ र पर्वतमा ३ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
प्रदेशका कुल संक्रमितमध्ये १ सय २३ जनाको ज्यान गएको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५९, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ११, गोरखाका र बागलुङका ८/८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।
भिडियाे : ढुक्क हुनुस् नेकपा फुट्दैन,नेकपाको बिबाद नीतिगत होईन : मन्त्री अर्याल ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…