स्याङ्जाका शिक्षासेवी केदार शर्मा ढकालको निधन
भवानी अधिकारी/स्याङ्जा :
साहित्यकार, पत्रकार, शिक्षासेवी केदार शर्मा ढकालको ९२ बर्षको उमेरमा आइतवार दिउसो निधन भएको छ ।
केही महिनादेखि अस्वस्थ्य ढकाल आफनै निवास पुतलीबजार नगरपालिका १ मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
डिमेन्सीया, अल्जाइमर, सुगर र प्रेशरको समस्याबाट पिडित हुनुहुन्थ्यो । लामो समय शिक्षण पेशा र साहित्यमा योगदान पुरयाउनु भएका उहाका ५ कृति प्रकाशित छन् ।
पहिलो कृति आशु र पसिना, कथा संग्रह, बाँच्न गाह्रो भयो, जीवन संघर्षको चक्कर ठक्कर, केदार शर्मा ढकालका काब्य र कबिता लगायतका कृतिहरु रहेका छन्।
उहा त्रिमूर्ति पुरस्कार लगायत दर्जनौं पुरस्कारवाट सम्मानित हुनुभएको छ । उहाका ३ छोरा र ४ बुहारी हुनुहुन्छ । गएको मंसिरमा पत्नी मनकुमारी ढकालको मृत्यु भएको हो।
शिक्षण र साहित्यसंगसंगै उहाले पत्रकारिता पनि गर्नुभएको थियो। तत्कालिन अवस्थामा राष्ट्रिय समाचार समिति गण्डकी अंचल प्रतिनिधी भएर काम गर्नुभएको हो।
उहाको सोमबार रामनदी धाममा अन्त्येष्टि गरिने भएको छोरा शरद ढकालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


