दशैको टिकाको साईत बिहान १०ः१९ बजे उत्तम

काठमाण्डौं – ०७७ सालको बढा दशैको टिकाको साईत बिहान १०ः१९ बजे उत्तम भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजानिक गरेको छ ।
समितिले विजयादशमीलगायत दशैँका विभिन्न साइत समेत सार्वजनिक गरेको हो ।
हिन्दु नेपालीहरुको महान पर्ब आउदो कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए ।
यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।
घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी ९ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।
देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण कारण धेरै जसो मन्दिरहरु खुल्ने छैनन् ।
समितिले कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे सरकारी कार्यालयले पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ ।
कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक नपर्ने समेत समितिले भनेको छ । विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दशैँ घरमा फूलपाती भित्र्याइन्छ ।
कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।
कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । सोही दिन बेलुकी कालरात्रि मनाइन्छ ।
कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । यस दिन राज्यका धेरै जसो कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ ।
दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान ९ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिल जनाएको छ । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम रहेको छ ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…