गण्डकी प्रदेशमामा थप ५ जना कोरोना सङक्रमितको उपचारका क्रममा मृत्यु ।
स्याङजा :
गण्डकी प्रदेशमा थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार दिउँसोसम्ममा उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार प्रदेशमा कोरोना सङक्रमणबाट थप ५ जनाको मृत्यु भएको हो ।
निर्देशनालयका अनुसार नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोती ५ का ७७ वर्षीय पुरुषको मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै तनहुँको शुक्लागण्डकी–४ का ५० वर्षीय पुरुषको आज बिहान बिहान ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।
.

समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


