गण्डकीमा बिहिबार ९४ संक्रमित थपिए, २ मृत्यु ।
पोखरा : गण्डकी प्रदेशमा बिहीबार ९४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा र चितवनमा गरिएको परीक्षणमा ७ जिल्लाका ९४ जनामा पोजेटिभ देखिएको हो ।
कास्कीका ५०, नवलपुरका १६, तनहुँका १२, लमजुङका ६, म्याग्दीका ५, गोरखाका ३ र बागलुङका २ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनु भयाे।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६२ सय ६७ पुगेको छ । तीमध्ये ३७ सय ५८ जना निको भएका छन् ।
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । बिहीबार कास्की र तनहुँका १/१ जनाको मृत्यु पुष्टि भएको छ ।
तनहुँको व्यास नगरपालिका १ का ६८ वर्षीया महिला र कास्कीको पोखरा महानगरपालिका १२ का ६७ वर्षे पुरुषको बिहीबार मृत्यु पुष्टि भएको हो ।
कास्कीका पुरुषको होम आइसोलेसन र तनहुँकी महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…