गण्डकी : स्याङजाका ५ जना सहित थप ५२ जनामा संक्रमण पुष्टि ।
पाेखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आइतबार थप ५२ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा हालसम्म ८० हजार ३९० जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन् ।
यसैबीच, स्याङ्जामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाका एक जना र वालिङ नगरपालिका चार जना गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वालिङ नगरपालिका वडा नं ६ का २१, २६ र २६ पुरुषहरु र वडा नं १४ की २६ वर्षीय महिला तथा चापाकोट वडा नं ३ का २४ वर्षीय पुरुष गरी ५ जना कोरोना सङ्क्रमित थपिएको हाे ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


