गण्डकी : स्याङजाका ५ जना सहित थप ५२ जनामा संक्रमण पुष्टि ।
पाेखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आइतबार थप ५२ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा हालसम्म ८० हजार ३९० जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन् ।
यसैबीच, स्याङ्जामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाका एक जना र वालिङ नगरपालिका चार जना गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वालिङ नगरपालिका वडा नं ६ का २१, २६ र २६ पुरुषहरु र वडा नं १४ की २६ वर्षीय महिला तथा चापाकोट वडा नं ३ का २४ वर्षीय पुरुष गरी ५ जना कोरोना सङ्क्रमित थपिएको हाे ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


