स्याङजाका ४ जना सहित गण्डकी प्रदेशमा आज थपिए १५४ जना कोरोना सङक्रमित ।
स्याङजा :
गण्डकी प्रदेशमा आज आईतबार एक सय ५४ जना कोरोना सङक्रमित थपिएकाछन् । स्वास्थ्य निर्देशनलायले आईतबार बिभिन्न सार्बजनिक गरेको विवरणअनुसार सात जिल्लाका थप १५४ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका सक्रमितहरुमा सबै भन्दा धेरै कास्कीका रहेकाछन् । सरकारी कर्मचारी, पत्रकार सहित ७१ जनामा कोरोना पुष्टी भएको छ ।
त्यस्तै बागलुङका ३७ जना, लमजुङका २३ जना,गोरखाका ११ जना,स्याङ्जाका ४ जना, तनहुँका ३ जना र नवलपरासी सुस्तापूर्बका ५ जना रहेका छन् ।
स्याङ्जाका संक्रमित वालिङका एक किसोरी सहित दुई जना,भीरकोटका एक जना र कालीगण्डकीका एक जना रहेकाछन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या ४ हजार ८ सय १ पुगेको छ भने तीन हजार दुई सय ८४ जना निको भएका छन् त्यस्तै ४० जनाको मृत्यु भएको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


