स्याङजाका १२ जना सहित गण्डकी प्रदेशमा ५१ जनामा कोरोना पुष्टि ।
स्याङ्जा : गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिसहित ५१ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी र प्रहरीसहित ४९ जना सङ्क्रमित थपिएका हुन् ।
सबैभन्दा धेरै सङ्क्रमित कास्कीको पोखरा महानगरपालिकामा २१ जना थपिएका छन् । त्यस्तै स्याङ्जामा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै बाग्लुङका नौ जना, तनहुँमा चार जना, नवलपरासी सुस्ता पूर्वमा पाँच जना र पर्वतमा एक जना थपिएका छन् ।
पोखरामा सङ्क्रमण पुष्टि भएकामध्ये एक जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत नर्स र पर्वतमा प्रहरीमा कार्यरत रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
यसैगरी स्याङ्जाका सङ्क्रमितमध्ये ४ जना जिल्ला मालपोत कार्यालयका कर्मचारी र एक जना वडा सचिव रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
स्याङ्जामा सङ्क्रमित भएका जुवाडेहरुको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङमा समुदाय स्तरका छ जनामा कोरोना देखिएको उहाँले बताउनुभयो । योसँगै बिहीबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार सात सय २८ जना पुगेको छ ।
एक हजार आठ सय आठ जना निको भएका छन् ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


