चिकित्सक र कामदार सहित गण्डकी प्रदेशमा थपिए ५९ जना सङ्क्रमित ।

स्याङजा :
पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारी सहित गण्डकी प्रदेशमा ५९ जना सङ्क्रमित थपिएकाछन् ।
सबैभन्दा धेरै सङ्क्रमित पोखरामा थपिएकाछन् । संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २४ जना छन् । जसमा २० महिला र ४ पुरुष रहेकाछन् ।
त्यस्तै पोखराको पार्कल्यान्ड अस्पतालका एक जना चिकित्सक र गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीमा पनि सङ्क्रमण पुष्टी भएको स्वास्थ्य निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सूस्ता पूर्व) ९ जना त्यस्तै तनहुँका ३ जना बाग्लुङका ९ जना र गोरखाका १० जनामा समेत सङ्क्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार छ सय ६० जना पुगेको छ । एक हजार सात सय ८५ जना निको भएकाछन् भने २० जनाको निधन भएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…