प्रहरी र स्वास्थ्यकर्मी सहित गण्डकी थपिए १९ सङ्क्रमित,एक जनाको मृत्यु ।
स्याङजा :
नेपाल प्रहरी र स्वास्थ्यकर्मी सहित गण्डकी प्रदेशमा थप १९ जना कोरोना सङ्क्रमित थपिएकाछन् ।
आज थपिनेमा कास्कीका १७ जना र बाग्लुङका दुई जना रहेकाछन् । कास्कीमा थपिनेहरु मध्ये सात जना नेपाल प्रहरीमा कार्यरत रहेकाछन् भने एक जना स्वास्थ्यकर्मी रहेकाछन् ।
यसैबीच गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार नवलपरासी बर्दघाट सुस्ता पूर्बको मध्य बिन्दु नगरपालिका वडा नम्वर १ का ६० बर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासका बिरामी उनको रुपन्देहीको लुम्बिनी अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
यो सहित गण्डकीमा सङ्क्रमितको संख्या दुई हजार नौं सय ९१ पुगेको छ भने एक हजार आठ सय ६१ जना निको भएका छन त्यस्तै २८ जनाको ज्यान गएको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


