प्रहरी र स्वास्थ्यकर्मी सहित गण्डकी थपिए १९ सङ्क्रमित,एक जनाको मृत्यु ।

स्याङजा :
नेपाल प्रहरी र स्वास्थ्यकर्मी सहित गण्डकी प्रदेशमा थप १९ जना कोरोना सङ्क्रमित थपिएकाछन् ।
आज थपिनेमा कास्कीका १७ जना र बाग्लुङका दुई जना रहेकाछन् । कास्कीमा थपिनेहरु मध्ये सात जना नेपाल प्रहरीमा कार्यरत रहेकाछन् भने एक जना स्वास्थ्यकर्मी रहेकाछन् ।
यसैबीच गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार नवलपरासी बर्दघाट सुस्ता पूर्बको मध्य बिन्दु नगरपालिका वडा नम्वर १ का ६० बर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासका बिरामी उनको रुपन्देहीको लुम्बिनी अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
यो सहित गण्डकीमा सङ्क्रमितको संख्या दुई हजार नौं सय ९१ पुगेको छ भने एक हजार आठ सय ६१ जना निको भएका छन त्यस्तै २८ जनाको ज्यान गएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…