गण्डकीमा मृतक १६ पुग्याे, ९२ वर्षीया संक्रमितको मृत्यु,संक्रमितकाे संख्या २३ सय नाघ्याे ।

corona-virus

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । तनहुँकी ९२ वर्षीया वृद्धाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको हो ।

तनहुँको म्याग्दे गाउँपालिका १ की उनको सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । उनमा दम, मुटु तथा मृगौलाको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।

कास्कीका ४, गोरखा र तनहुँका ३, स्याङ्जा र लमजुङका २/२, म्याग्दी र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या २३ सय १२ पुगेको छ । तीमध्ये १७ सय ६६ संक्रमित निको भएका छन् ।

.

Facebook Comments Box
TOP