गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १७ सय ९ पुग्यो
स्याङ्जा :
गण्डकी प्रदेशमा थप ६ जना कोरोना सङ्क्रमित थपिएका छन । गण्डकी प्रदेशमा ३ जना महिला र ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या एक हजार सात सय नौं पुगेको छ ।
आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका ५ जना र तनहुँको भानु नगरपालिकाका १ जना रहेकाछन् ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार सात सय नौं मध्ये एक हजार पाँच सय २० जना निको भएर घर फर्किएकाछन् भने ५ जनाको निधन भईसकको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


