गण्डकी प्रदेश : काेराेना संक्रमित ३२ वर्षीया महिलाकाे मृत्यु
पोखरा :
गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत ३२ वर्षे युवतीको बिहीबार बिहान मृत्यु भएको हो ।
पोखरा ११ बस्ने उनी ७ भदौमा अस्पतालल भर्ना भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयाे ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले विज्ञप्ती जारी गर्दै विहीबार विहान ती महिलाकाे मृत्यु भएकाे जानकारी दिनुभएकाे हाे ।
उहाँले अहिलेसम्म पाेखराकाे अस्पतालमा उपचारका क्रममा ५ जनाकाे ज्यान गएकाे जानकारी दिनुभएकाे छ । पाेखराका ३ सहित स्याङ्जाका १ र तनहुँका १ जनाकाे पाेखराका उपचारका क्रममा मृत्यु भएकाे हाे । याे सहित गण्डकी प्रदेशमा काेराेना संक्रमित ९ जनाकाे ज्यान गएकाे छ ।
.

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


